एसआरएलएम अधिकारीहरूले गरे रिगु र रिनाक ब्लकको भ्रमण
ssrlm officers visit


गान्तोक, 14 मई (हि.स.)। सिक्किम राज्य ग्रामीण आजीविका अभियान (एसआरएलएम) का प्रमुख कार्यकारी अधिकृत आरबी भण्डारीको नेतृत्वमा बुधबार अधिकारीहरूको एक टोलीले रिगु र रिनाक ब्लकको भ्रमण गरी स्वयं सहायता समूह (एसएचजी) तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरेको छ।

रिगु ब्लकमा टोलीले रिगु बीएसीको हलमा एसएचजी सदस्यहरू तथा ग्रामीण उद्यमीहरूसँग अन्तरक्रिया गरेको थियो। साथै, टोलीले हस्तकला एकाई, फदम्चेनस्थित फोहोर व्यवस्थापन एकाई तथा राष्ट्रिय ग्रामीण जीविकोपार्जन अभियान (एनआरएलएम) अन्तर्गत स्थापना गरिएको आईएफसी-एलएससीको निरीक्षण पनि गरेको थियो। भ्रमणका क्रममा अधिकारीहरूले एसएचजी सदस्यहरूको दिगो जीविकोपार्जन सुदृढ़ गर्न सीप विकास, प्राविधिक सहयोग तथा बजार पहुँचको महत्वमाथि जोड दिए।

रिनाक ब्लकमा भ्रमण टोलीले उद्यम एकाईहरू, पसलहरू, बीडीएस कार्यालय तथा एसआरएलएम ब्लक कार्यालयको निरीक्षण गरेको थियो। कार्यक्रममा पञ्चायती राज संस्थाका प्रतिनिधिहरू, ब्लक अधिकारीहरू, बीडीएस सदस्यहरू, सामुदायिक क्याडरहरू तथा एसएचजी सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रमुख कार्यकारी अधिकृतले ग्रामीण उद्यमशीलता तथा दिगो जीविकोपार्जन प्रवर्द्धनमा एसएचजी तथा सामुदायिक संस्थाहरूले देखाएको समर्पण र सामूहिक प्रयासको प्रशंसा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande