
खरसाङ, 14 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा टुङ सन्त मेरिज समष्टिले आफ्नो संगठनलाई विस्तार गर्ने काम लगातार रुपमा जारी राखेको छ। यसै क्रममा आज गोजमुमोका दुईवटा सभा सम्पन्न भएका छन्।
पहिलो सभा दिलाराम चिया बगानबीच गाउँमा समष्टि अध्यक्ष राजेस गजमेरको सभापतित्वमा सम्पन्न भयो, जहाँ करकापमा परेर भागोप्रमोमा गएका 10 घर पुन: गोजमुमोमा फर्किए। यस शाखामा सन्जय सुब्बालाई संयोजकको दायित्व दिइयो। सभामा समष्ठि कोषाध्यक्ष छेपाल शेर्पा, सदस्य उमेश तामाङ, निमा लामा, अमित राई, पदम भुजेल आदि उपस्थित थिए।
दोस्रो सभा सन्त मेरिजमा गोजयुमो समष्टि सचिव अरुण थापाको सभापतित्वमा बस्यो, जहाँ 14 घर आईजीजीएफबाट गोजमुमोमा सामेल भए। यस शाखामा युवा मोर्चाको निम्ति कारमल सुब्बा अनि नारी मोर्चाको निम्ति ईभा तामाङलाई संयोजकको दायित्व सुम्पियो। सभामा समष्टि युवा मोर्चाका सह सचिव कुन्दन तामाङको विशेष उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक