
कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गालका स्कूलहरूको प्रार्थना सभालाई लिएर प्रशासनले महत्वपूर्ण फसेला लिएको छ। राज्य सरकारले सबै सरकारी तथा सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको असेम्बलीमा ‘वन्दे मातरम्’- को गायनलाई अनिवार्य बनाएको छ। स्कूल शिक्षा विभागद्वारा जारी आधिकारिक निर्देशमा यसलाई तत्काल प्रभावले लागू गर्न भनिएको छ।
निर्देश अनुसार कक्षाहरू शुरू हुनअघि प्रार्थना सभाको प्रारम्भमा सबै विद्यार्तीहरूको लागि ‘वन्दे मातरम्’- को सामूहिक गायन अनिवार्य हुनेछ। विभागले स्पष्ट पारेको छ, विद्यालय प्रमुखहरूले यस व्यवस्थाको कड़ाईपूर्वक पालन सुनिश्चित गरून्।
स्कूल शिक्षा निदेशकद्वारा गए 13 मईमा जारी पत्रमा भनिएको छ, प्रार्थना सभाको शुरूआत ‘वन्दे मातरम्’- को गायनबाट गरियोस् ताकि राज्यका सबै स्कूलहरूमा यो समान रूपमा लागू हुन सकोस्।
सूत्र अनुसार यो कदम यस्तो समयमा उठाइएको छ जतिबेला केन्द्र सरकारले राष्ट्रिय प्रतीकहरूको सम्मानसित सम्बन्धित प्रावधानहरूलाई अझ मजबुत बनाउने दिशामा पहल गरिरहेको छ।
भनिन्छ, ‘प्रिभेन्शन अफ इन्सल्ट्स टू नेशनल अनर एक्ट, 1971’- मा संशोधन गर्नेमाथि विचार गरिँदैछ जसान्तर्गत ‘वन्दे मातरम्’- को गायनमा बाधा दिनेलाई दण्डनीय बनाउने प्रस्ताव सामेल छ।विभागीय अधिकारीहरूले यो पनि सङ्केत दिएका छन्, स्कूलहरूलाई यस सम्पूर्ण प्रक्रियाको रेकर्ड राख्न भनिएको छ तथा आवश्यकता परे भीडियो दस्तावेजीकरण पनि अनिवार्य बनाउनसक्छ।
स्मरण गराइन्छ, अहिलेसमम्ममा राज्यका स्कूलहरूमा मुख्य रूपमा रवीन्द्रनात टैगोरद्वारा रचित राष्ट्रिय गीत ‘जन गण मन’ -को गायन हुँदै आएको छ। पूर्ववर्ती सरकारको कार्यकालमा 1905 सालको बङ्ग-भङ्ग आन्दोलनसित जोड़िएको टैगोर रचित गीत ‘बाङ्गलार माटी, बाङ्गलार जल ’-लाई पनि प्रार्थना सभामा सामेल गरिएको थियो।
अब ‘वन्दे मातरम्-लाई अनिवार्य बनााइएपछि राज्यका स्कूलहरूको प्रार्थना सभामा राष्ट्रिय गीत र राज्य गीतसँगसँगै थप एउटा राष्ट्रिय प्रतीकलाई पनि जोड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा