असमको नगाउँमा जङ्गली हात्तीको हमलामा दुई ग्रामीणको मृत्यु
असमको नगाउँमा जङ्गली हात्तीको हमलामा दुई ग्रामीणको मृत्यु


नगाउँ (असम), 15 मई (हि.स.)। राज्यमा फेरि एकपटक हात्ती-मानव सङ्घर्षको स्थिति देख्न पाइएको छ। जङ्गली हात्तीको हमलामा परी दुई जना ग्रामीणहरूको मृत्यु भयो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्र गहिरो शोकमा डुबेको छ।

घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको वन विभागीय टीमले हात्तीहरूलाई जङ्गल तर्फ लखेट्ने कारबाही शुरू गरिसकेको छ। क्षेत्रमा जङ्गली हात्तीहरूले प्रवेश गरेको कारणले आज यहाँका स्कूलहरूलाई बन्द राख्ने निर्णय लिइएको छ।

प्राप्त जानकारी अनुसार नगाउँ जिल्ला अधिनस्थ सामागुरीको बाजिया गाउँमा शुक्रवार सवेरै भएको उक्त घटनमाा ज्यान गुमाउनेहरूको पहिचान बाजिया गाउँ निवासी शरिफुल इस्लाम र प्रणव दासको रूपमा गरिएको छ। भनिन्छ, इस्लामको मृत्यु घटनास्थलमै भएको हो भने शरिफुलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ग्रामीणहरू अनुसार इस्लाम र दास आफ्नो सब्जी खेतीको रखवासी गर्नको लागि गएका थिए। यस अवधि खेतमा हात्तीलाई देखेर उनीहरूले त्यसलाई लखेट्ने प्रयास गरे। मानिसहरूलाई देख्नसाथ हात्तीले प्रत्याक्रमण गऱ्यो। दुवैले आफ्नो ज्यान बचाउनको लागि भाग्ने चेष्टा गरे। तर दुवैको हात्तीको चपेटमा परे जसले गर्दा इस्लामको घटनास्थलमै मृत्यु भयो भने दासको अस्पतालमा मृत्यु भयो।

पुलिसले दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। साथै यस मामिलालाई लिएर पुलिस विभाग अग्रिम कारबाहीमा जुटेको छ। घटनालाई लिएर ग्रामीणहरूको भनाइ छ, हिजोआज जङ्गली हात्तीहरूले गाउँमा पसेर अन्न-बालीलाई नोक्सान पुऱ्याउनको साथै घरहरू पनि भत्काइरहेको छ। तर वन विभाग यो समस्यादेखि छुटकारा दिलाउनमा लगातार विफल भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande