आसनसोलमा सरकारी जमीनबाट अतिक्रमणलाई हटाउने आदेश
आसनसोलमा सरकारी जमीनबाट अतिक्रमणलाई हटाउने आदेश


आसनसोल, 15 मई (हि.स.)। आसनसोल नगरनिगमले सरकारी जमीनबाट अतिक्रमणलाई हटाने सन्दर्भमा कड़ा कदम उठाएको छ। निगमद्वारा जारी आधिकारिक नोटिसमा स्पष्ट भनिएको छ, हटन रोड मोड़देखि इस्माइल मोड़सम्म फैलिएको अवैध कब्जालाई हटाउनको लागि कारबाही तय गरिएको छ।

नोटिस अनुसार अतिक्रमण गर्ने मानिसहरूले 14 मई, 2026-का दिन आवेदन गरेर आफै अवैध निर्माणलाई हटाउनको लागि 15 दिनको समय मागेका थिए। प्रशासनले उनीहरूलाई 15 दिनको अन्तिम समय दिएको छ। तथापि यो पनि स्पष्ट पारेको छ, यो समय-सीमापछि कुनै पनि प्रकारको विस्तार वा अनुरोधलाई स्वीकार गरिनेछैन।

प्रशासनले चेताउनी दिएको छ, तय समय-सीमा पूरा भएपछि सम्बन्धित अधिकारीहरूले घटनास्थलमा पुगेर भौतिक सत्यापन गर्नेछन्। यदि कुनै पनि ठाउँमा अतिक्रमण वा अवैध निर्माण भएको पाइयो भने त्यसलाई भत्काइनेछ र यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित अतिक्रमणकारीहरू हुनेछन्।

यस अभियानलाई लिएर जिल्ला प्रसासन पनि पूर्ण रूपमा सतर्क छ। पश्चिम बर्दवानका जिल्ला मेजिस्ट्रेट, पुलिस आयुक्त औ अन्य सम्बन्धित विभागहरूलाई नोटिसको प्रति पठाइएको छ ताकि अभियान अवधि कानून व्यवस्थालाई कायम राख्न सकियोस्।

निगमले पुलिस प्रशासनसित पर्याप्त बल, महिला पुलिस औ अग्निशमन विभागको उपस्थिति सुनिश्चित गर्न भनेको छ। साथै बिजुली र टेलिफोन सेवाहरूलाई पनि आवश्यकता अनुसार अस्थायी रूपमा बन्द गर्ने निर्देश दिइएको छ।

प्रशासनको भनाइ छ,आसनसोलमा सरकारी जमीनमाथि कुनै पनि प्रकारको अवैध कब्जालाई सहन गरिनेछन। तोकिएको समय बितेपछि व्यापक रूपमा बुलडोजर कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande