
नगाउँ (असम), 15 मई, (हि.स.)। दोस्रो पटक मुख्यमन्त्रीको रूपमा दायित्व सम्हालेपछि शुक्रवार असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले महापुरुष श्रीमन्त शङ्करदेवको जन्मस्थल बटद्रवा थानमा पुगेर त्यहाँ दर्शन-पूजन गरे।
यस अवधि मुख्यमन्त्रीले पत्रकारहरूसित कुराकानी गर्दै भने, असम विधानसभाको सत्र आगामी जुलाई महिनामा आयोजना हुनेछ जसमा आगामी पाँच वर्षको विकासको रूपरेखा तयार गरिनेछ।
मुख्यमन्त्रीले भने, राज्यका जनताबाट प्राप्त सुझाउहरूलाी बजेट सत्रमा सामेल गर्ने प्रयास गरिनेछ। उनले भने, असमका जनताले सरकारबाट धेरै आशा राखेका छन् र सरकार जनताप्रति पूर्ण रूपले जवाफदेही छ।
मुख्यमन्त्रीले यो पनि भने, राज्यको बेदखल गरिएका सत्रहरूको भूमिलाई पुनः मुक्त गराउनको लागि सत्र आयोगले पहिला जस्तै कार्य गरिरहनेछ। उनले भरोसा दिलाए, उनी स्वयं सत्र आयोगसित लगातार सम्पर्कमा रहनेछन् भनि यस अभियानलाई अगाड़ि बढ़ाउनेछन्।
मुख्यमन्त्रीले भाजपा नेतृत्वाधिन गठबन्धनलाई प्राप्त प्रचण्ड जनादेशको उल्लेख गर्दै भने, 102 वटा सीटमा प्राप्त समर्थनकै फलस्वरूप सरकार गठन भएको छ, त्यसैले सरकारको जिम्मेवारी पनि पहिलाभन्दा धेरै बढ़ेको छ।
उनले भने, असमवासीहरूको अपेक्षा र आकाङ्क्षाहरू ठूलो छ जसमाथि खरो उत्रिनको लागि सरकारले पूर्ण निष्ठाको साथमा काम गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा