
पश्चिम मेदिनीपुर, 15 मई (हि.स.)। जिल्लाको बेलदा थाना क्षेत्रमा शुक्रवार बिहान रेलको चपेटमा परी एकजना अज्ञात व्यक्तिको मृत्यु भयो।
पुलिस सूत्र अनुसार बेलदा थाना क्षेत्रको कुसमूड़ीस्थित 23 नम्बर रेलगेट छेउमा यो दुर्घटना भएको हो। बताइए अनुसार अप लाइन वा मिडिल लाइनबाट गुज्रिरहेको द्रूत गतिको एक्सप्रेस ट्रेनको चपेटमी परी व्यक्तिको घटनास्थलमै काटिएर मृत्यु भयो।
घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। स्थानीय मानिसहरूको सूचना पाएर रेल पुलिस घटनास्थलमा पुग्यो अनिशवलाई कब्जामा लियो। पछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
प्राथमिक जाँचमा मृतकको पहिचान हुन सकेको छैन। यो दुर्घटना कसरी भयो, पत्तो लगाउन रेल पुलिस जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा