
दार्जिलिङ, 15 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी अनि दार्जिलिङका सांसद राजु विष्ट आज चुनाउपछि पहिलोपल्ट भेट गरेका छन्। यस भेटका क्रममा उनीहरूले हालैमा सम्पन्न भएको चुनाउमा ठूलो जितमा खुशी प्रकट गर्दै एक-अर्कामा बधाई तथा शुभकामना आदान-प्रदान गरे।
उनीहरूले यो जीत केवल कुनै व्यक्ति वा दलको मात्र होइन, तर सम्पूर्ण गोर्खा जातिको आवाज, अस्तित्व र अधिकारको जीत भएको ठहर गरेका छन्। नेतृत्वहरूले आगामी दिनहरूमा पहाड अनि डुवर्सको जनभावनालाई अझ सशक्त रूपमा अघि बढाउँदै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक