बटद्रवा थान प्रबन्धन समितिको बैठकमा सामेल भए मुख्यमन्त्री सरमा
बटद्रवा थान प्रबन्धन समितिको बैठकमा सामेल भए मुख्यमन्त्री सरमा


नगाउँ (असम), 15 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दोस्रो पटक मुख्यमन्त्री पदको शपथ ग्रहण गरेपछि शुक्रवार महापुरुष श्रीमन्त शङ्करदेवको जन्मस्थल बटद्रवा थानको दौड़ाह गरे। पारम्परिक परिधानमा रहेका मुख्यमन्त्रीले कीर्तन घरमा शराई अर्पण गरी भक्त वैष्णवहरूको अशीर्वाद ग्रहण गरे।

त्यसपछि बटद्रवा थानको नाटघरमा बटद्रवा थान प्रबन्धन समितिको पक्षबाट मुख्यमन्त्री डा.सरमालाई अभिनन्दन गरियो। समितिका अध्यक्ष अम्लान ज्योति देव गोस्वामी, उपाध्यक्ष योगेन्द्र नारायण देव महन्त, कार्यकारी अध्यक्ष गोविन चन्द्र दास सहित अन्य सदस्यहरूले उनलाई स्वागत गरे। स्थानीय दल तथा सङ्गठनहरूको पक्षबाट पनि मुख्यमन्त्रीलाई सम्मानित गरियो।

भक्त वैष्णवहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, बटद्रवा थानलाई विश्वस्तरीय धार्मिक धरोहर स्थलको रूपमा विकसित गर्नको लागि सरकारले निरन्तर कार्य गर्नेछ। उनले भने, महापुरुष श्रीमन्त शङ्करदेवले कल्पना गरेको असम निर्माणको लागि सरकार प्रतिबद्ध छ।

यसबीच मुख्यमन्त्रीले बटद्रवा थान प्रबन्धन समितिको कार्यालयमा समितिका सदस्यहरूसित बैठक गरे। बैठकमा समितिका महसचिव लचित बरदलैले शलगुरी सत्र तथा नरोवा सत्रलाई जोड़्ने साँघुरो सड़कको कारणले भइरहेको यातायात समस्या, थान परिसरमा पिउने पानीको सङ्कट, जल निकासी व्यवस्थाको अभाव तथा दौल मन्दिर र सतीराधिका स्मृति क्षेत्रलाई विकास गर्ने आवश्यकता जस्ता मुद्दाहरूलाई मुख्यमन्त्री समक्ष उठाए।

मुख्यमन्त्रीले समितिलाई आश्वस्त पारे, यी सबै समस्याहरूको समाधान र विकास कार्य शीघ्र आरम्भ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande