
कोलकाता, 15 मई (हि. स.)। पश्चिम बङ्गाल विधानसभामा स्पीकरको चुनाउ सम्पन्न भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले विपक्षी विधायकहरू विशेष गरी तृणमूल कङ्ग्रेसका सदस्यहरूलाई विशेष सन्देश दिँदै भने, उनको सरकारले सम्वाद र जवाफदेहीको नीतिमाथि काम गर्नेछ। उनले आश्वासन दिए, अब विपक्षको पत्रको जवाफ दिइनेछ र समस्याहरूलाई समाधान गर्ने प्रयास पनि गरिनेछ।
विधानसभामा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री अधिकारीले भने, “हाउस बिलङ्ग्स टू अपोजिशन” -को भावनालाई आधार बनाएर सदनको कारबाही सञ्चालन गरिनेछ। उनले भने, सङ्ख्यामा तपाईहरू कम भए पनि हामी सदनलाई 50-50 को भावनाले सञ्चालन गर्न चाहन्छौं। हाम्रो सङ्ख्या अधिक भए पनि हामी चाहन्छौं कि स्पीकरले विपक्षलाई अधिक बोल्ने अवसर दिउन्।
मुख्यमन्त्रीले विपक्षी विधायकहरूलाई मन्त्रीहरूसित भेट गर्ने तथा आफ्नोसमस्याहरू राख्ने प्रस्ताव समेत दिए। उनले भने, यदि तपाईहरूको पार्टीले अनुमति दियो भने तपाईहरूले मन्त्रीहरूसित भेट गर्न सक्नुहुनेछ। हामी मन्त्रीहरूलाई पनि भन्नेछौं कि उनीहरूले तपाईहरूलाई भेट गर्ने समय दिउन्। आवश्यकता परे तपाईहरूले पत्र पठाउन सक्नु हुनेछ।
पूर्ववर्ती सरकारमाथि परोक्ष प्रहार गर्दै शुभेन्दु अधिकारीले भने, पहिलाका केही मन्त्रीहरूले विपक्षको पत्रको जवाफै दिँदैन थिए। पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीबाट त झन् जवाफको आशै गरिँदैनथ्यो। तर हाम्रो सरकारमा यदि कुनै पत्र आयो भने त्यसको जवाफ अवश्य दिइनेछ र समस्याहरू समाधान गर्ने प्रयास पनि गरिनेछ।
मुख्यमन्त्रीले यो पनि भने, राज्यको नयाँसरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको आदर्श अनुरूप काम गर्नेछ जस्तो कि देशका अन्य भाजपाशासित राज्यहरूमा गरिँदैछ।
आफ्नो सम्बोधनमा शुभेन्दु अधिकारीले विधानसभामा स्वस्थ लोकतान्त्रिक परम्पराहरूलाई कायम राख्नेमाथि बल दिँदै भने, “हामी चाहँदैनौं कि विपक्षका नेतालाई 11 महिनासम्म विधानसभादेखि बाहिर बस्न परोस्। कुनै विधायकसित शारीरिक दुर्व्यवहार होस् भन्ने पनि हामी चाहँदैनौं।”
उनले भने, उनको सरकार रचनात्मक विपक्ष औ संवैधानिक मूल्यहरूमाथि विश्वास राख्दछ। मुख्यमन्त्रीले भने, हामी संविधानलाई सर्वोपरि मानेर काम गर्न चाहन्छौं। विधानसभामा सबै पक्षको प्रतिनिधित्व हुन आवश्यक छ। स्पीकरसित परामर्श गरेर सदन सञ्चालन गर्नेछौं अनि उनको निर्देशलाई हामी पालन गर्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा