
गुवाहाटी, 15 मई, (हि.स.)। भाजपा विधायक तथा पूर्व मन्त्री चन्द्रमोहन पटवारीले शुक्रवार असम विधानसभाका प्रोटेम स्पीकरको रूपमा शपथ लिए। आगामी 22 मईदेखि आयोजना हुने विधानसभाको विशेष सत्रलाई ध्यानमा राखेर राज्यपालले उनलाई शपथ दिलाए।
यसपूर्व असम लेजिस्लेटिभ असेम्बली (एएलए)- का सचिव दुलाल पेगूले कारबाही शुरू गर्नको लागि राज्यपालसित अनुमाति मागे।
गुवाहाटीको असम लोकभवनमा आयोजित एक औपचारिक कार्यक्रममा राज्यपालले पटवारीलाई पद एवं गोपनीयताको शपथ दिलाए। नयाँ विधानसभा अध्यक्ष निर्वाचन नहुञ्जेलसम्म उनले नैसदनको कारबाही सञ्चालन गर्नेछन्।
उल्लेखनीय छ, आगामी 22 मईदेखि शुरू हुने विधानसभाको विशेष सत्रमा नवनिर्वाचित विधायकहरूलाई शपथ दिलाइनेछ तथा सदनका अन्य महत्वपूर्ण प्रक्रियाहरू पनि पूरा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा