
नयाँ दिल्ली, 15 मई (हि.स.)। विदेशमन्त्री डा. एस जयशंकर र इरानी विदेशमन्त्री अबास अराघचीले दिल्लीमा दुई दिने ब्रिक्स विदेशमन्त्रीहरूको बैठकदेखि छुट्टै शुक्रवार व्यापक वार्ता गरे।
डा. जयशंकरले एक्समा भनेका छन्, आज बिहान मैले दिल्लीमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग विस्तृत कुराकानी गरे। हामीले पश्चिम एशियाको स्थिति र यसको प्रभावबारे छलफल गर्यौं। हामीले आपसी हितका द्विपक्षीय मुद्दाहरूमा पनि विचार आदानप्रदान गर्यौं।
यो उल्लेखनीय छ कि विदेशमन्त्री डा. जयशंकरले 14-15 मईसम्म दिल्लीको भारत मण्डपममा आयोजना हुने ब्रिक्स बैठकको अध्यक्षता गरिरहेका छन्। यस वर्षको विषयवस्तु लचिलोपना, नवाचार, सहयोग र दिगो विकासको लागि निर्माण हो।
हिन्दुस्थान समाचार / भवानी थामी