
गुवाहाटी, 15 मई (हि.स.)। आउनीआटी सत्रका सत्राधिकार श्री श्री पीताम्बर देव गोस्वामीले आज भने, डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा असमका प्रत्येक खिलञ्जिया (स्थानीय)-ले आफूलाई सुरक्षित महसूस गर्दछन्।
उनले आज मीडियासित बातचित गर्दै भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यका खिलञ्जिया मानिसहरू, वैष्णव सत्र-संस्कृति तथा असमको परम्परा र सांस्कृतिक धरोहरको रक्षा गर्नका लागि निरन्तर कार्य गरिरहेका छन्। संवेदनशील मुद्दाहरूमा मुख्यमन्त्रीको स्पष्ट तथा दृढ़ भूमिकाको कारणले राज्यका मानिसहरूमा सुरक्षा एवं विश्वासको भावना मजबुत भएको छ।
सत्राधिकारले आशा व्यक्त गर्दै भने, आगामी पाँच वर्षमा पनि मुख्यमन्त्रीले सत्र-संस्कृति, धार्मिक संस्थान तथा असमको सांस्कृतिक पहिचानको सुरक्षाको लागि झन् बढ़ी सक्रियता एवं प्रतिबद्धताको साथमा कार्य गर्नेछन्। उनले राज्य सरकारद्वारा आध्यात्मिक एवं सांस्कृतिक मूल्यहरूलाई मजबुत बनाउने दिशामा गरिएका प्रयासहरूको सराहना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा