
नयाँ दिल्ली, 15 मई (हि.स.)। बाहिरी उत्तरी जिल्लाको अलिपुर क्षेत्रस्थित यादु ग्रीन फार्म हाउसमा शुक्रवार बिहान आगो लाग्यो। आगलागीको घटनाले गर्दा क्षेत्रमा भागदौड़ मचियो। टाड़ा-टाड़ासम्म कालो धुँवाको मुस्लो देखियो। घटना नेशनल हाईवे-44 को नजिकैमा अवस्थित फार्म हाउसको छेउमा भएको हो।
दमकल विभाग अनुसार बिहान लगभग 7:30 बजे आगो लागेको सूचना प्राप्त भएको थियो। सूचना पाए लगत्तै दमकल विभागको एक दर्जनभन्दा अधिक वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। दमकल कर्मीहरूले घटनास्थलमा पुगेर आगो निभाउने अभियान शुरू गरे। आगो द्रूत गतिमा फैलिरहेको थियो जसले गर्दा फार्म हाउसको वरिपरी सुरक्षा घेरा बनाइयो घटनास्थलमा एम्बुलेन्स र राहत दललाई पनि तैनाथ गरिएको छ ताकि कुनै पनि आपत स्थितिको तत्काल सामना गर्न सकियोस्।
हाल राहतको कुरा के छ भने घटनामा अहिलेसम्म कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छन। दमकल विभागको टीम लगातार आगो निभाउन लागिपरेको छ। अधिकारीहरूको भनाइ छ, आगोलाई पूर्ण रूपमा नियन्त्रण गरिएपछि नोक्सानको मूल्याङ्कन गरिनेछ। यो समाचार लेखुञ्जेलसम्म पनि दमकलकर्मीहरू आगो निभाउनमा तल्लिन थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा