असम सरकारका नवनियुक्त मन्त्री चरण बोड़ोलाई उदालगुड़ीमा भव्य स्वागत
असम सरकारका नवनियुक्त मन्त्री चरण बोड़ोलाई उदालगुड़ीमा भव्य स्वागत


उदालगुड़ी (असम), 15 मई (हि.स.)। असम सरकारका नवनियुक्त मन्त्री चरण बोड़ोलाई गए राती उदालगुड़ीमा आइपुगेकोमा पार्टी नेता तथा कार्यकर्ताहरूले उष्ण स्वागत गरे। सयकड़ौंको सङ्ख्यामा भेला भएका पार्टी कार्यकर्ताहरूले ब्याण्ड बजाएर, नाँच्दै तथा जुलूस निकालेर मन्त्रीलाई उनको आवाससम्म पुऱ्याए।

मन्त्रीको स्वागतलाई लिएर सम्पूर्ण क्षेत्रमा उत्सव जस्तै परिवेश देख्न पाइयो। समर्थकहरूले चरण बोड़ोलाई मन्त्रीमण्डलमा सामेल गरेकोमा हर्ष व्यक्त गर्दै उनलाई शुभकामना दिए।

यस अवधि मीडियासित बातचित गर्दै चरण बोड़ोले भने, असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा बोड़ो जनताको सेवा गर्नका लागि उनलाई यो अवसर दिएकोमा उनी खुशी छन्। आफूले जनताको कल्याण अनि क्षेत्रको विकासको लागि समर्पित भावले कार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande