
नाम्ची, 15 मई (हि.स.)। भारत सरकारको सञ्चार तथा उत्तर पूर्वी क्षेत्र विकास (डोनर) मन्त्री ज्योतिरादित्य सिन्धियासँग तीन दिवसीय आधिकारिक भ्रमणका क्रममा बिहीबार अबेर राति सिक्किम आइपुगे। उनी हिजो नाम्ची जिल्लास्थित तिमी बंगलामा आइपुगेका छन्।
उनको आगमनमा नाम्ची जिल्लाका जिल्लापाल अनुपा ताम्लिङ र नाम्चीकी पुलिस अधीक्षक सोनाम डोमा भोटियाले स्वागत गरे। यस अवसरमा प्रधान अभियन्ता प्रताप गौतम, पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू तथा भारत सञ्चार निगम लिमिटेडका प्रतिनिधिहरू पनि उपस्थित थिए।
केन्द्रिय मन्त्री सिन्धियाले आज, 15 मईमा नाम्ची जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरूको भ्रमण गर्नेछन्। भ्रमणस्थलहरूमा तिमी चिया बगान, तिमी तार्कुस्थित सिक्किम राज्य विश्वविद्यालय, आईएचसीएई चेम्चे, भाइचुङ स्टेडियम तथा भालेढुङ्गा स्काईवाक परियोजना समावेश छन्।
जिल्ला भ्रमणपछि केन्द्रिय मन्त्री थप आधिकारिक कार्यक्रमका लागि गान्तोक प्रस्थान गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल