
खरसाङ , 15 मई (हि.स.)। खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 मा आज गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन नारी मोर्चाको वार्ड कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति सोनिया गुरुङ, उप सभापति काजल रावत, कोषाध्यक्षा रजनी गुरुङ, सल्लाहकारमा अनुजा शर्मा, सुमी घिमिरे, संयोजिकामा शान्ति राई र तारा सुब्बा चयन गरिएको गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक