
इम्फाल, 15 मई (हि.स.)। मणिपुर पुलिस र केन्द्रिय सुरक्षा बललाई गत 7 मईमा भएको गोलीकाण्डको सम्बन्धमा ठूलो सफलता हात लागेको छ। यस गोलीकाण्डमा सामेल एकजना आरोपी अतिरिक्त केसीपी (ताइबाङ्गानबा) गुटका एकजना क्याडरलाई पक्राउ गरिएको छ।
पुलिस मुख्यालयले आज बतायो, गत 13 मईको दिन सुरक्षा बलहरूले उग्रवादी सङ्गठन केसीपी (ताइबाङ्गानबा)- का सक्रिय क्याडर खोङ्गबान्ताबम चिङ्गलेम्बा मैतेई उपनाम नाओ (35)-लाई पक्राउ गरियो। थोउबल जिल्लाको थोउबल थानान्तर्गत याइरिपोक लमखाई क्षेत्रबाट समातिएका नाओ लमसाङ्ग लमदेङ्ग खुनौ (वर्तमानमा थोउबल अवाङ्ग लिकाई) निवासी रहेको बताइएको छ। उबाट एउटा मोबाइल फोन जफत गरिएको छ।
पुलिस सूत्रले बतायो, गत 13 मईको दिन नोनी जिल्लाको खौपम थानान्तर्गत जौजाङ्गटेक र नुङ्गसाई-II गाउँको छेउमा केही अज्ञात बन्दुकधारीहरूले अचानक गोली चलाएजसमा एकजना सर्वसाधारण मानिसको मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए। यसबीच गत 7 मईमा इम्फाल पूर्वी जिल्लाको हिङ्गाङ्ग थानान्तर्गत ताङ्गखाम अवाङ्ग लिकाईमा अवस्थित एउटा घरको गेटमा भएको गोलीकाण्डसित सम्बन्धित एक प्राथमिकीको जाँच गरिएपछि घटनास्थलको जायजा लिँदा त्यहाँबाट 9 एमएमको पाँच वटा जिउँदो कारतूस, चार वटा खाली कारतूस र गोलीको एउटा टुक्रा भेटियो।
पुलिस सूत्रले आज बताएको छ, यसै मुद्दाको जाँच गर्ने क्रममा गत 11 मईको दिन एकजना नाबालिकलाई पक्राउ गरियो। उसको साथी इम्फाल पूर्वी जिल्लाको हाराओरो अवाङ्ग लिकाई निवासी उशाम रोशन सिंह उपनाम नाओबी (28)-लाई गत 12 मईमा पक्राउ गरियो। जाँचमा थाहा लाग्यो, आरोपी र उसका अन्य साथीहरूले धन आर्जनको लागि सन्त्राष फैलाउने उद्देश्यले गोली चलाएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा