मठघरियामा भएको भयानक दुर्घटनाका आरोपी शमिम अहमदले पाए जमानत
मठघरियामा भएको भयानक दुर्घटनाका आरोपी शमिम अहमदले पाए जमानत


गुवाहाटी, 15 मई, (हि.स.)। गुवाहाटीको मठघरिया क्षेत्रमा गत 25 अप्रेल, 2026-मा भएको भयानक सड़क दुर्घटनाका मुख्य आरोपी शमिम अहमदलाई अदालतले जमानत दिएको छ। यस हृदय विदारक घटनामा तीन जना युवतीहरूको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि आरोपी घटनास्थलबाट भागेको थियो, तर पुलिसले घटना भएको 48 घण्टाभित्रै उसलाई डिब्रुगढ़ जिल्लाबाट पक्राउ गरेको थियो।

टनाको घअनुसन्धान गर्ने क्रममा थाहा लागे अनुसार दुर्घटना हुनअघि शमिम अहमदले गुवाहाटीको एउटा बारमा अबेर रातीसम्म पार्टी गरेको थियो।भनिन्छ, उ लगभग 3 बजे रातीसम्म तीन जना युवतीहरूको साथमा थियो भने यस अवधि लगभग 19 हजार रुपियाँको रक्सीको पार्टी भएको थियो।

दुर्घटनापछि सम्पूर्ण क्षेत्रमा भारी जन आक्रोश देख्न पाइएको थियो। घटनाले सड़क सुरक्षा तथा नशामा वाहन हाँक्नेलाई लिएर गम्भीर प्रश्न उठाएको थियो। पुलिस मामिलाको विस्तृत जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande