नीट परीक्षा २१ जूनमा पुनः सञ्चालन हुने
नीट यूजी परीक्षा


नयाँ दिल्ली, 15 मई (हि.स.)। राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) ले केन्द्र सरकारको स्वीकृतिपछि नीट (यूजी) को पुनः परीक्षा आगामी २१ जूनमा सञ्चालन गर्ने घोषणा गरेको छ।

एजेन्सीले सामाजिक सञ्जालमार्फत परीक्षार्थी तथा अभिभावकहरूलाई केवल एनटीएको आधिकारिक माध्यमबाट जारी सूचनामाथि मात्र विश्वास गर्न आग्रह गरेको छ। कुनै पनि जानकारी वा सहयोगका लागि एनटीएले neet-ug@nta.ac.in इमेल तथा हेल्पलाइन नम्बर 011-40759000 र 011-69227700 जारी गरेको छ।

यसैबीच, बुधबार राति शिक्षा मन्त्रीको निवासमा नीट परीक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको थियो।

बैठकमा आगामी परीक्षाको तयारी, सुरक्षा व्यवस्था तथा परीक्षा सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा उच्च शिक्षा सचिव, विद्यालय शिक्षा सचिव, एनटीएका महानिर्देशक, सीबीएसईका अध्यक्ष, केन्द्रिय विद्यालय संगठन तथा नवोदय विद्यालय समितिका आयुक्तसहित विभिन्न वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। सोही बैठकमा आगामी परीक्षाको मितिलाई अन्तिम रूप दिइएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande