
कोलकाता, 15 मई (हि. स.)। विपक्षका नेता शोभनदेव च्याटर्जीले शुक्रवार तृणमूल विधायकहरूलाई आ-आफ्नो विधानसभा क्षेत्रमा बेघर भएका पार्टी कार्यकर्ताहरूको एउटा सूची तयार गर्ने निर्देश दिएका छन्।
पार्टीका बेघर कार्यकर्ताहरूको सिकायतको जवाफ दिँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, कुनै पनि तृणमूल कार्यकर्ता बेघर भएको खबर प्राप्त भएको छैन। त्यसपछि विधानसभाको नौशाद अली कक्षमा तृणमूल विधायक दलको बैठक सम्पन्न भयो। बैठकमा पार्टी विधायकहरूलाई भनियो, उनीरूले ती पार्टी कार्यकर्ताहरूको सूची तृणमूलका शीर्ष नेतृत्वलाई सुम्पिउन् जसले आफ्नो घर गुमाएका छन्।
तृणमूलले 'चुनाउपछिको हिंसा'-को मुद्दाको अनुसन्धान गर्नको लागि पहिला नै तीन तथ्य-परीक्षण टीम गठन गरिएको छ। यस टीमका सदस्यहरूले पीड़ित परिवारहरूसित भेट गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा