
कोलकाता, 15 मई (हि. स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम जनताका समस्याहरूलाई प्रत्यक्ष रूपमा सुन्नका लागि ‘जनता दरबार’ शुरू गर्ने फसेला लिएका छन्। जानकारी अनुसार मुख्यमन्त्रीले सातामा एक वा दुई दिन आम नागरिकहरूसित भेट गरेर उनीहरूको सिकायत अनि समस्याहरूलाई सुन्नेछन्।
भनिन्छ, यस अवधि प्रशासनका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहनेछन्। मानिसहरूको सिकायतको आधारमा तुरून्त कारबाही गरिनेछ।
प्रायजसो नै आम जनताका सिकायतहरू सोझै सरकारसम्म पुग्न सक्दैन। कतिपय मानिसहरू मुख्यमन्त्रीसित सम्पर्क गर्न चाहन्छन्, तर नियम अनि प्रक्रिाहरूको कारणले यो कहिल्यै पनि सम्भव हुन सक्दैन। कैयौं पटक पठाइएका पत्रहरू पनि सही ठाउँमा पुग्दैनन्। यस्तै समस्याहरूको समाधान गर्नका लागि मुख्यमन्त्रीले ‘जनता दरबार’ शुरू गर्ने निर्णय लिएका हुन्।
अनुमान छ, यो कार्यक्रम आगामी एक जूनदेखि शुरू हुनेछ जसबाट राज्यका सबै मानिसहरूले सोझै मुख्यमन्त्रीसित भेट गरेर आफ्नो समस्या राख्न सक्नेछन्।
उल्लेख्य, यस किसिमको व्यवस्था पहिलाबाटै उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा चलिरहेको छ। मध्य प्रदेशमा पनि मुख्यमन्त्रीले जनताको सिकायत सोझै सुन्छन्। ओडियामा मुख्यमन्त्रीको यस कार्यक्रमलाई ‘जनसुनानी’ भनिन्छ। अब यस किसिमको व्यवस्था पश्चिम बङ्गालमा पनि शुरू हुन गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा