सोनादाको रमिते निवासी बिमारी बालकलाई बचाउन समाजको तर्फबाट सबैप्रति अपील
सोनादाको रमिते निवासी बिमारी बालकलाई बचाउन समाजको तर्फबाट सबैप्रति अपील


सोनादा, 15 मई (हि.स.)। मानवता नै सबैभन्दा ठूलो धर्म हो, साँचो हृदयले गरेको उपकार र सहयोगभन्दा ठूलो सहयोग अरू के हुनसक्छ। विगत 6 महिनादेखि छोराको जीवन बचाउन दिन रात छट्पटाइरहेका ती आमाबाबुको मन कति रोइरहेको होला।जन्मन्दै जीवन र मृत्युसँग संघर्ष गरिरहेका त्यो सानो अवोध बालक अनि उसको जीवन बचाउन दिनरात छट्पटाइरहेका आमाबाबुको अवस्था देख्दा कसको हृदय पग्लिन्दैन होला।

सोनादास्थित लोवर रमिते निवासी प्रशान्त छेत्री र प्रीतिका छेत्रीको 6 महिनाको नाबालक छोरा कृशिभ छेत्री गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। चिकित्सकका अनुसार, उनको लिभर प्रत्यारोपण गर्न अत्यावश्यक भएको छ। उपचारका लागि लगभग 30 लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ, जुन परिवारको लागि एक्लै जुटाउन अत्यन्त कठिन भएकाले प्रभाकर समाज रमितेद्वारा सबै दयालु मनहरू समक्ष आर्थिक सहयोगको हार्दिक अपील गरिएको छ।

प्रभाकर समाज रमितेले सबैको सानो सहयोगले एक नानीको जीवन बचाउन ठूलो योगदान पुग्ने बताउॅंदै सबैलाई सक्दो सहयोग गर्न अपील गरेको छ। समाजले यी अबोध बालकलाई सहयोग गर्नका लागि शुभेच्छुक, दाता, इष्ट मित्रहरूले निम्न ब्याङ्क मार्फत् आर्थिक अनुदान पठाउन सक्ने बताएको छ।

Union Bank IndiaAc/no: 403602011005426IFSC CODE UBIN0540366

STATE BANK OF INDIAAC/NO 43831843287IFSC CODE SBIN0015313

GPAY NUMBER98837639157865873687

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande