
खरसाङ , 15 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाले पहाडमा आफ्नो पार्टी विस्तार अनि सांगठनिक गतिविधिलाई तीव्र पारेको छ। यसै क्रममा गोजमुमो तीनधारे महानदी समष्टिको चुनभट्टी र दुई नम्बर क्षेत्रबाट गोजमुमोका पुराना पदाधिकारीहरु र कार्यकर्ताहरु पुनः पार्टीमा सामेल भएका छन्।
तीनधारे महानदी समष्टि अन्तर्गत दुई नम्बर बस्तीबाट 10 घर र चुनभट्टीको कोठीडाँडा क्षेत्रबाट 10 घर गरी जम्मा 20 घर परिवार पुनः गोजमुमोमा सामेल भएका छन्। उक्त सामेल कार्यक्रमलाई चुनभट्टीका सभापति तिलक थापाको अध्यक्षतामा सम्पन्न भयो।
यस सभामा गोजमुमो केन्द्रिय सदस्य योगराज प्रधान, ताोनधारे महानदी समष्टिका सभापति ऐतमान राई, सचिव सुरेशचन्द्र दर्नाल, सनतचन्द्र लोहार, घैयाबारीबाट दिप सन्यासी, सिपाहीधुराबाट शरणकुमार गुप्ता, गिद्ध पहाडबाट युवराज लामा, मदन, सिविटारबाट शेखर राई, कृष्ण राई लगायत समष्टिका अन्य क्षेत्रहरूबाट पनि गोजमुमो पदाधिकारीहरु र कार्यकर्ताहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक