
चेन्नई, 15 मई (हि.स.)। तमिलनाडूका मुख्यमन्त्री जोसेफ विजयको कालो-सेतो कोट-सूट राज्यमा नयाँ फेसन ट्रेन्ड बनेको छ। यो शैलीलाई सीएम विजय लुक र थलापति अफिशियल स्टाइल को रूपमा बजारमा ल्याइँदैछ र युवा र विजय समर्थकहरूमा यसको माग द्रुत गतिमा बढ़िरहेको छ।
हालै भएको तमिलनाडू विधानसभा चुनाउमा तमिलगा वेट्री कड़गमले 108 सिट जितेर सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ। यसपछि जोसेफ विजयले 10 मईमा मुख्यमन्त्रीको रूपमा शपथ लिए। शपथ ग्रहण समारोहमा विजयले कालो कोट, सेतो शर्ट र कालो प्यान्ट लगाएर एक सरल तर प्रभावशाली राजनीतिक छवि प्रस्तुत गरे। उनको पहिरन त्यसबेलादेखि नै छलफलको विषय बनेको छ।
मुख्यमन्त्री बनेदेखि विजयले सचिवालय बैठकहरू, सरकारी कार्यक्रमहरू र सार्वजनिक कार्यक्रमहरूमा यो औपचारिक कालो-सेतो ड्रेस कोड लगाउँदै आएका छन्। उनका समर्थकहरूले यसलाई अनुशासन, सरलता र नेतृत्वको प्रतीकको रूपमा हेर्छन्।
फिल्म जगतमा थलापति भनेर चिनिने विजय लामो समयदेखि आफ्नो शैली र फेसन सेन्सका लागि युवाहरूमाझ लोकप्रिय छन्। फिल्महरूमा उनको हेयरस्टाइल, लुगा र संवादहरू प्रायः ट्रेन्डसेटर बनेका छन्। अब राजनीतिमा प्रवेश गरेपछि पनि उनको फेसन प्रभाव जारी रहेको देखिन्छ।
तमिलनाडूका धेरै शहरहरूमा कपड़ा पसल र रेडिमेड ब्रान्डहरूले सीएम विजय लुक नामक विशेष कम्बो प्याकहरू शुरु गरेका छन्। यस प्याकमा कालो प्यान्ट, सेतो शर्ट, कालो कोट र कालो जुत्ता सामेल छ। यसको मूल्य लगभग ₹4,000 छ। पसलेहरू अनुसार, कलेजका विद्यार्थीहरू, युवाहरू र राजनीतिक कार्यकर्ताहरूमा यो शैलीको माग सबैभन्दा बढ़ी देखिएको छ।
फेसन विज्ञहरू भन्छन् कि विजयको लुक परम्परागत राजनीतिक पोशाकबाट अलग्गिएको छ। उनको सरल तर आकर्षक पोशाकले उनलाई आधुनिक र व्यावसायिक नेताको छवि दिन्छ। त्यसैले यो शैली अब राजनीतिक समर्थकहरूमा मात्र सीमित छैन तर साधारण युवाहरूमा पनि बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ।
विज्ञहरूको भऩाई छ, भविष्यमा सीएम विजय लुक तमिलनाडूमा मात्र नभई दक्षिण भारतका अन्य राज्यहरूमा पनि फेसन ट्रेन्डको रूपमा देखा पर्नसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी