बहराइचमा पुलिस कस्टडीबाट भागेको 25 हजार इनामी तस्कर पक्राउ
बहराइचमा पुलिस कस्टडीबाट भागेको 25 हजार इनामी तस्कर पक्राउ


बहराइच, 15 मई (हि.स.)। शुक्रवार उत्तर प्रदेशको बहराइच जिल्लाको मोतीपुर पुलिसले 25 हजार इनामी लागूऔषध तस्कर टेक बहादुर नेपालीलाई पक्राउ गरेको छ। तस्कर लगभग 15 दिन अगाड़ी पुलिस हिरासतबाट भागेको थियो 30 अप्रेलमा मोतीपुर थाना क्षेत्र अन्तर्गत बलई गाउँमा पुलिस र सीमा सुरक्षा बलको टोलीले नेपाल आउने र जाने मानिसहरूको सघन जाँच गरिरहेको थियो। त्यस समय छिमेकी नेपालको बाँके जिल्लाको कोहलपुर निवासी टेक बहादुर नेपालीलाई 18 ग्राम अवैध स्म्याक सहित पक्राउ गरिएको थियो। पक्राउपछि उलाई अदालतमा पेश गरिएको थियो। उ हिरासतमा रहँदा पुलिस हिरासतबाट भागेको थियो। घटनापछि पुलिस अधीक्षक विश्वजीत श्रीवास्तवले फरार तस्करमाथि 25 हजार रूपियाँ पुरस्कार घोषणा गरेका थिए।

शुक्रवार मोतीपुर थानाध्यक्षलाई फरार तस्कर बलईगाउँको फुटा चौराहा जंगल नजिकै रहेको सूचना प्राप्त भयो। सूचना पाएपछि पुलिस टोली सक्रिय भयो, क्षेत्रलाई घेरा हालेर उलाई पक्राउ गऱ्यो। ग्रामीण एएसपी डीपी तिवारीले भने, फरार नेपाली तस्करलाई पुन: पक्राउ गरिएको छ। पुलिस हिरासतमा अदालतमा पेश गरेपछि उलाई जेल पठाइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande