
कोलकाता, 15 मई (हि.स.)। पश्चिम बङ्गालको आसनसाेलस्थित परासिया कोलियरीमा भएको दुर्घटनाले फेरि एकपटक कोइला खदानहरूको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठाएको छ। विशेषज्ञहरू अनुसार यस किसिमको विस्फोटलाई अत्यन्त दुर्लभ मानिन्छ, तर लापरवाही र तकनिकी चूकले यसलाई घातक बनाउनसक्छ।
इस्टर्न कोलफील्ड्स लिमिटेड (ईसीएल)-का सेफ्टी विभागीय वरिष्ठ अधिकारीले बताए, भूमिगत खदानहरूमा कोइला निकालेपछि छोड़िएका पिलरहरूलाई पछि काटिन्छ। त्यसपछि खाली स्थानलाई भर्नको लागि मुख्य रूपमा दुई वटा पद्धति अप्नाइन्छ- स्टोइङ्ग (बालुवा भराई) र केविङ्ग। स्टोइङ्ग पद्धतिमा पिलर काट्दा नै बालुवा भरिन्छ र अन्तमा पिलर हटाएपछि सम्पूर्ण क्षेत्रलाई सील गरिन्छ जसबाट विस्फोट हुने सम्भावना कम रहन्छ। त्यसरी नै केविह्ग पद्धतिमा पिलरलाई हटाएपछि छत आफै धसिएर खाली स्थानलाई भरिदिन्छ।
अधिकारीहरूको भनाइ छ, लगभग (30×30) वर्ग मीटर क्षेत्रमा 15-20 वटा पिलर एकै साथ धसियो भने यस किसिमको गम्भीर स्थिति उत्पन्न हुन्छ। आम रूपमा छत धसिनअघि ढुङ्गाहरू झरेर सङ्केत दिन्छ जसलाई बेवास्ता गर्नु ठूलो भुल हुनेछ।
ईसीएलका चेयरम्यान वा प्रबन्ध निदेशक सतीश झाले बताए, परासिया खदानमा पिलर काटेपछि बालुवा भर्ने प्रावधान थियो, तर यसलाईसही रूपमा गरिएन। त्यसैले छत धसिएर विस्फोट जस्तो स्थिति उत्पन्न भयो। दुर्घटना भएपछि त्यहाँ काम गरिरहेका श्रमिकहरू त्यहाँ झरे जसमा दवाई मुण्डा नामक श्रमिकको टाउको काटिेर मृत्यु भयो।
उनले स्पष्ट पारे, यस घटनाको विस्तृत जाँच गरिनेछ साथै यो पनि हेरिनेछ कि बालुवा भराईमा कहाँ त्रुटि भयो तथा सुरक्षा मानदण्डहरूलाई किन पालन गरिएन। उनले दोहोऱ्याए, ईसीएलमा “पहिला सुरक्षा, त्यसपछि मात्र उत्पादन”- को नीतिमा काम गरिन्छ र कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन।
मृतक श्रमिकका परिवारलाई सवा करोड़ रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ। यसमा कम्पनीको पक्षबाट 25 लाख र कर्पोरेट सेलरी प्याकेज अन्तर्गत ब्याङ्क बीमाबाट एक करोड़ रुपियाँ सामेल छ। यस अतिरिक्त परिवारका एकजना सदस्यलाई नोकरी, पीएफ, ग्रेच्युटी औ अन्य सबै देय राशि पनि दिइनेछ। तथापि घाइतेहरूकोलागि हाल कुनै विशेष प्याकेजको घोषणा गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा