
कोलकाता, 15 मई (हि.स.)। पश्चिम बङ्गालमा महिलाहरूको सुरक्षा सुनिश्चित गर्नको लागि नयाँ व्यवस्था लागू गर्ने दिशामा कदम अगाड़ि बढ़ाइएको छ। भाजपाको सरकार बनेपछि राज्यमा महिलाहरूको लागि टोल-फ्री हेल्पलाइन नम्बर जारी गर्ने निर्देश दिइएको छ जसलाई जियो-ट्र्याकिङ्ग तकनिकसित जोड़िनेछ।
यस आशयको जानकारी गराउँदै आसनसल दक्षिणकी विधायक तथा मन्त्री अग्निमित्रा पालले भनिन्, राज्यमा महिलाहरूलाई पूर्ण स्वतन्त्रता दिने दिशामा यो एउटा महत्वपूर्ण पहल हो। उनले भनिन्, अब महिलाहरू कुनै पनि समयमा कुनै पनि आवश्यकताको लागि घरदेखि बाहिर जान सक्नेछन् र आफ्नो रूचिकर पहिरण लगाउन सक्नेछन् वा आफ्नो जीवनशैली अप्नाउनको लागि कुनै पनि प्रकारको रोकको सामना गर्नु पर्नेछैन।
उनले बताइन्, प्रस्तावित हेल्पलाइन नम्बर 181 हुनेछ जसको माध्यमबाट आपतकालीन स्थितिमा सम्पर्क गरे सम्बन्धित महिलाको लोकेशन तुरून्त ट्रेस गर्न सकिन्छ अनि उसलाई सहायता उपलब्ध गराइनेछ। यस अतिरिक्त राज्यको प्रत्येक थानामा महिला हेल्प डेस्क स्थापित गर्ने योजना पनि लागू गरिंदैछ ताकि महिलाहरूसित सम्बन्धित मामिलाहरूको संवेदनशील तथा तत्काल समाधान हुन सकोस्।
अग्निमित्रा पालले भनिन्, यस योजनाको उल्लेख भाजपाको सङ्कल्प पत्रमा पनि गरिएको थियो भने अब यसलाई व्यवहारमा लागू गर्ने प्रक्रिया शुरू भइसकेको छ। उनले भरोसा दिलाइन्, राज्यका सबै महिलाहरूलाई सुरक्षित एवं स्वतन्त्र माहोल प्रदान गर्नु सरकारको प्राथमिकता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा