
कोलकाता, 15 मई (हि.स.)। लोकसभामा तृणमूल कङ्ग्रेस संसदीय दलको मुख्य सचेतक पदबाट हटाइएपछि बारासातबाट सांसद काकोली घोष दस्तिदारले सोशल मीडियामा आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनको टिप्पणीलाई पार्टी नेतृत्वको फसेलामाथि असन्तुष्टि तथा निराशाको सङ्केतको रूपमा हेरिँदैछ।
तृणमूल सुप्रीमो ममता ब्यानर्जीले बिहीवार कालीघाटमा पार्टी सांसदहरूको बैठकमा काकोली घोष दस्तिदारलाई मुख्य सचेतक पदबाट अपदस्थ गर्दै श्रीरामपुरका सांसद कल्याण ब्यनर्जीलाई फेरि उक्त पदको दायित्य सुम्पिने घोषणा गरेकी थिइन्।
त्यसपछि काकाेलीले सोशल मीडियामा लेखिन्, “1976 सालमा परिचय भयो, 1984 सालमा राजनीतिक यात्रा शुरू भयो। चार दशकको निष्ठाको आज पुरष्कार पाइयो।” राजनीतिक गल्लीहरूमा उनको यस किसिमको टिप्पणीलाई पार्टी नेतृत्वको फसेलाप्रति अप्रत्यक्ष असन्तोषको रूपमा हेरिँदैछ।
उल्लेखनीय छ, 1976 सालमा ममता ब्यानर्जी छात्र राजनीतिमा सक्रिय रहँदा काकोली घोष दस्तिदार पनि कङ्ग्रेसको छात्र सङ्गठनसित जोड़िएकी थिइन्। त्यसपछि 1984 सालमा ममता ब्यानर्जीले जादवपुर लोकसभा सीटबाट पहिलो पटक चुनाउ लड़ेर वाममोर्चा नेता सोमनाथ च्याटर्जीलाई परास्त गरेकी थिइन्। त्यसबेलादेखि नै काकोलीलाई ममताको निकटवर्ती सहयोगीको रूपमा मानिँदै आएको छ।
पछिल्लो वर्षको अगस्त महिनामा कल्याण ब्यानर्जीले अचानक संसदीय दलको मुख्य सचेतकको पदबाट राजीनामा दिएका थिए। त्यसताक कृष्णानगरकी सांसद महुआ मोइत्रासित उनको सार्वजनिक विवाद चर्चामा थियो। त्यसपछि ममता ब्यानर्जीले उनको राजीनामालाईस्वीकार गर्दै काकोली घोष दस्तिदारलाई मुख्य सचेतक बनाएकी थिइन्। यसअघि काकाेली लोकसभामा तृणमूल कङ्ग्रेसकी उपनेता थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा