
कोलकाता, 15 मई (हि.स.)। पश्चिम बङ्गालमा भीषण आद्रता अनि गर्मीले मानिसहरूको बेहाल भएको छ। बिहानदेखिकै चर्को घाम तथा भारी आद्रताको कारणले असहजताको सामना गर्न परिरहेको छ। जति-जति दिन बढ़्दै गइरहेको छ, उति-उति आद्रतापूर्ण गर्मीले समस्या झन् गरिरिरहेको छ।
यसबीच मौसम विभागले शुक्रवार आंशिक राहत पाउने सम्भावना व्यक्त गरेको छ। मौसम विभागानुसार दिनभरि आकाशलाई आंशिक रूपमा बादलले ढाक्नेछ तथा अपरान्ह वा साँझ मेघ गर्जनसितै बादल लाग्ने सम्भावना छ तथापि वर्षा हुने सम्भावना कमै रहेको बताइएको छ।
दक्षिण बङ्गालमा गर्मीसँगसँगै आद्रताजनित असुविधाहरू अझ बढ़्नसक्छ। मौसम विभागले बतायो, मुर्शिदाबाद, बीरभूम, पश्चिम बर्दवान, झाड़ग्राम, पश्चिम मेदिनीपुर औ पुरुलिया जिल्लाका कतिपय स्थानहरूमा मध्यम वर्षा वा वज्रपातसितै वर्षा हुनसक्छ भने कतिपय स्थानहरूमा दिनको तापमान 2-4 डिग्री सेल्सियससम्म बढ़्नसक्ने अनुमान लगाइएको छ। पश्चिमी जिल्लामा गर्मीको प्रभाव अपेक्षाकृत अधिक रहने सम्भावना छ।
यसको विपरीत उत्तर बङ्गालको स्थिति भिन्नै रहने सम्भावना छ। मौसम विभाग अनुसार दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार समेत लगभग सबै जिल्लाहरूमा भारीभन्दा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। उत्तर बङ्गालका आठ वटा जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान रहेको छ भने कतिपय स्थानहरूमा अत्यधिक भारी वर्षा हुनसक्छ।
तथापि तापमानमा त्यति ठूलो परिवर्तन आउने सम्भावना छैन। शुक्रवार अधिकतम तापमान लगभग 36 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 27.9 डिग्री सेल्सियस रहने अनुमान छ। हावामा अधिक नमी भएको कारणले आद्रतापूर्ण गर्मीबाट राहत पाउने सम्भावना कमै छ। अधिकतम सापेक्ष आद्रता 93 प्रतिशत तथा न्यूनतम लगभग 48 प्रतिशत रहने अनुमान छ।
मौसम विभाग अनुसार सप्ताहान्तमा पनि मौसममा खास बद्लाउ आउने सम्भावना छैन। शनिवार पुरुलिया, बाँकुरा, पूर्व औ पश्चिम बर्दवान, पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा सामान्यदेखि मध्यम वर्षा हुनसक्छ। आइतवार मुर्शिदाबाद, नदिया, उत्तर 24 परगना, पश्चिम मेदिनीपुर र झाड़ग्राममा पनि वर्षा हुने सम्भावना छ। तथापि आद्रताबाट राहत पाइने सम्भावना कमै रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा