
गुवाहाटी, 15 मई, (हि.स.)। बहुचर्चित जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी श्यामकानु महन्तको जमानत याचिकामाथि आज गौहाटी उच्च अदालतकी न्यायाधीश मिताली ठाकुरियाको अदालतमा सुनवाई भइरहेको छ। मामिलाको संवेदनशीलतालाई मध्यनजर गर्दै सबैको ध्यान यसै सुनवाईमाथि केन्द्रित भएको छ।
उल्लेखनीय छ, यसअघि फास्ट ट्र्याक कोर्टले कैयौं पटक जमानत याचिकालाई खारेज गरिदिएपछि महन्त गौहाटी उच्च अदालतको शरणमा परेका थिए। तथापि गत 13 मईको दिन गौहाटी उच्च न्यायालयका न्यायमूर्ति पार्थिव ज्योति सैकियाको एकल पीठले पनि उनको जमानत याचिकालाई स्वीकार गर्न अस्वीकार गरिदिएका थिए। सुनवाईमा अभियोजन पक्ष र बचाउ पक्ष दुवैले विस्तृत वकालत गरे।
सूत्र अनुसार उच्च न्यायालयबाट राहत नपाइएपछि महन्तका अधिवक्ताहरूले मामिलासित सम्बन्धित अग्रिम कानूनी प्रक्रिया पूरा गर्दै जमानत याचिकालाई पञ्जीकृत गराए।
उल्लेख्य, यसअघि गत अप्रेल महिनामा फास्ट ट्र्याक कोर्टले चार्जशीटमाथि दुवै पक्षको तर्क सुनेपछि जमानतमाथि आदेश सुरक्षित राखेको थियो भने 30 अप्रेलमा जमानत याचिकालाई खारेज गरिदिएको थियो।
ज्ञात रहोस्, मामिलाका अर्का आरोपी सिद्धार्थ शर्माको जमानत याचिका पनि पूर्वमा खारेज भइसकेको छ। मामिलाको सुनवाई तथा कानूनी प्रक्रिया लगातार जनचर्चाको विषय बन्दै गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा