२०११ देखि २०१७ सम्म जीटीएमा भएको गैर कानुनी कार्यहरूको लेखाजोखा हुनु पर्ने मागमा भागोप्रमोको ज्ञापन
gta meeting


दार्जिलिङ, 15 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दार्जिलिङ महकुमा समिति, खरसाङ महकुमा समिति अनि कालेबुङ जिल्ला समितिका अध्यक्ष सचिव अनि प्रतिनिधिहरूको एउटा टोलीले आज जीटीएका मुख्य सचिवलाई भेट गरेका छन्। यस भेटघाटमा उनीहरूले मुख्य सचिवलाई एउटा ज्ञापन पत्र पनि चढाए। ज्ञापन पत्रमा २०११ देखि २०१७ सम्ममा जिटिएमा भएको विभिन्न गैरकानुनी कार्यहरूको लेखाजोखा हुनुपर्छ भन्ने माग राखेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande