नौका दुर्घटनाः दुई दिनपछि भेटियो दुई जना बेपत्ता श्रमिकहरूको शव
नौका दुर्घटनाः दुई दिनपछि भेटियो दुई जना बेपत्ता श्रमिकहरूको शव


मालदा, 15 मई (हि.स.)। गत बुधवार ओल्ड मालदाको मुचिया क्षेत्रस्थित टाङ्गन नदीको दाहुक घाटमा भएको नौका दुर्घटनापछि बेपत्ता भएका दुई जना श्रमिकहरूको शव भेटिएको छ। निरन्तर दुई दिनको खोजी अभियानपछि शुक्रवार बिहान नदीबाट दुव शवलाई बाहिर निकालियो।

दुई दिनअघि धान लादिएको एउटा नौका नदी तर्ने क्रममा टाङ्गन नदीमा डुबेको थियो। नौकामा सवार अन्य मानिसहरू आफ्नो ज्यान बचाउन सफल भए पनि दुई जना श्रमिकहरू धानसितै नदीमा डुबेका थिए। सूचना पाउनसाथ आपदा प्रबन्धनको टीम घटनास्थलमा पुग्यो। स्पीड बोट र गोताखोरहरूको सहयोगले दुई दिनसम्म व्यापक खोजी अभियान सञ्चालन गरियो, तर दुवैलाई नै भेटिएन।

शुक्रवार बिहान स्थानीय मानिसहरूले नदीमा दुई वटा शवलाई तैरिरहेको देखे। एकजना श्रमिकको शव घटनास्थलदेखि केही टाड़ा भेटियो भने दोस्रो श्रमिकको शव मुचियाको चर लक्ष्मी वन क्षेत्रमा भेटियो।

घटना बारे जानकारी पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि मालदा मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

यस घटनाको कारणले परिवार लगायत सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। प्रशासनले यो पनि जाँच गरिरहेको छ कि नौकामा आवश्यकताभन्दा अधिक सामान लादिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande