विधानसभामा चुनाउपछिका हिंसालाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्ष भिड़िए, नौशाद सिद्दीकीले पनि उठाए मुद्दा
विधानसभामा चुनाउपछिका हिंसालाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्ष भिड़िए, नौशाद सिद्दीकीले पनि उठाए मुद्दा


कोलकाता, 15 मई (हि. स.)। पश्चिम बङ्गाल विधानसभाको 18औं सत्रमा शुक्रवार स्पीकर चुनाउ भइरहेको समय सदनमा चुनाउ पछि भएका हिंसाका मुद्दाहरूमाथि चर्को राजनीतिक बहस भएको देख्न पाइयो। शुरूमा सदनको कारबाही सौहार्दपूर्ण माहोलमा शुरू भए पनि पछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता शोभनदेव च्याटर्जीमाझ आरोप-प्रत्यारोपको सिलसिला शुरू भयो।

मुख्यमन्त्रीको वक्तव्यपछि बोल्न उठेका शोभनदेव च्याटर्जीले राज्यमा चुनाउपछि हिंसा जारी रहेको आरोप लगाए। भाजपालाई लक्षित गर्दै उनले भने, तपाईहरूले भन्नुभएको थियो कि डर होइन, भरोसा हुनेछ। तर आज भरोसा होइन, डर चार गुणा बढ़ेको छ। धेरै जना मानिसहरू घर छोड़्न बाध्य भइरहेका छन्। हामीले एक स्वेच्छाचारी शासनको सङ्केत पाइरहेका छौं।

उपरोक्त आरोपहरूलाई सुनेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले तुरून्तै उभिएर भने, कसैले पनि घर छोड़ेको जानकारी उनलाई प्राप्त भएको छैन।उनले विपक्षका नेतासित भने, “यदि कोही पनि घरदेखि बेघर भएका छन् भने राज्य पुलिस महानिदेशकलाई जानकारी देओस्।” तथापि उनले योसँगसँगै एउटा शर्तलाई पनि जोड़े।

मुख्यमन्त्रीले भने, पछिल्लो वर्ष 2021-को चुनाउपछि भएको हिंसालाई लिएर दर्ता साढ़े बाह्र हजार एफआईआरमा नाम नभएका मानिसहरूलाई स्थानीय विधायक तथा पुलिस अधीक्षक स्वयंले घरमा पुऱ्याइदिनेछन्। उनले यो पनि स्पष्ट पारे, तर एफआईआरमा नाम भएकाहरू निश्चित रूपमा जेल जानुपर्छ।

सदनमा भाङ्गड़बाट आईएसएफ विधायक नौशाद सिद्दीकीले पनि चुनाउपछि भएको हिंसाको मुद्दा उठाए। उनले पूर्व तृणमूल सरकारको आलोचना गर्दै भने, वर्ष 2021- मा जीतेपछि मलाई लागेको थियो कि 6 महिनाभित्रै राजीनामा दिनेछु, यदि त्यसले हाम्रा कार्यकर्ताहरूको ज्यान बस्न सक्छ भने।

नौशादले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि लक्षित गर्दै भने, उनलाई पत्र लेखेको भए पनि जवाफ पाइएको थिएन। तथापि उनले यो पनि भने, उनले भाजपालाई “खुल्ला प्रमाणपत्र“ दिरहेका छैनन्, तर बिनाकारण विरोध पनि गर्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande