
हुगली, 15 मई (हि.स.)। हुगली जिल्लाको श्रीरामपुरस्थित महेश जगन्नाथ घाट(लख्खी घाट)-मा गए बिहीवार अपरान्ह नुहाउँदै गर्दा नदीमा डुबेर एकजना युवक बेपत्ता भएको छ। सूचना पाएर घटनास्थलमा पुगेको श्रीरामपुर थानाको पुलिसले गोताखोरहरूको सहयोगमा युवकलाई खोज्न शुरू गऱ्यो। तर साँझसम्म युवकको पत्तो लागेन। त्यसपछि शुक्रवार बिहान फेरि युवकलाई खोज्ने कार्य शुरू गरियो। यो समाचार लेखुञ्जेलसम्म पनि युवकको बारेमा सुइँको पाउन सकिएको थिएन।
घटनाबारे जानकारी पाएर स्थानीय पार्षद शान्ता गाङ्गुली पनि घटनास्थलमा पुगिन्। स्थानीय मानिसहरू अनुसार नदीमा डुबेका युवकको नाम सत्यम साव(24) हो जो श्रीरामपुर नगरपालिकाको 21 नम्बर वार्डका निवासी थिए। यस घटनापछि परिवारजनको रोएर बेहाल भएको छ।
सत्यमका पिता सञ्जय प्रसाद सावले बताए, घाटमा सत्यमको साइकल भेटियो। एकजना माझीले सत्यमलाई डुब्दै गरेको देखेका थिए। स्थानीय मानिसहरूको भनाइ छ, यस घाटमा बारम्बार डुबेका घटनाहरू घट्दै आइरहेका छन्। यस्ता घटनाहरूमाथि रोक लगाउनको लागि प्रशासनले कड़ा कद उठाउनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा