मणिपुरमा अपहृत 28 जना नागरिकहरूलाई सुरक्षित मुक्त गराइयो, रहेकाहरूलाई मुक्त गराउने प्रयास जारी
मणिपुरमा अपहृत 28 जना नागरिकहरूलाई सुरक्षित मुक्त गराइयो, रहेकाहरूलाई मुक्त गराउने प्रयास जारी


इम्फाल, 16 मई, (हि.स.)। मणिपुरको काङ्गपोकपी जिल्लाा अन्तर्गत कोटलेन र कोटजिम इन्टर भिलेज रोडको माझमा अवस्थित जीरो पोइन्टमा गत 13 मईमा भएको दुःखदायी हमलापश्चात प्रशासन अनि सुरक्षा एजेन्सीहरूले स्थितिलाई सामान्य बनाउनको लागि व्यापक अभियान शुरू गरेका छन्। यस हमलामा तीन जना नागरिकहरूको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए। हमला अज्ञात उग्रवादीहरूद्वारा गरिएको आशङ्का व्यक्त गरिएको छ।

घटनापछि काङ्गपोकपी जिल्लाका लेलोन वैफेई र सापोरमेइना गाउँ नजिकै तथा सेनापति जिल्लामा विभिन्न समुदायहरूका केही नागरिकहरूलाई रोकेर राखिएको थियो जसबाट क्षेत्रको स्थिति तनाउपूर्ण भयो।

प्रशासन, सुरक्षा बल, सामाजिक सङ्गठन औ जनप्रतिनिधिहरूको संयुक्त प्रयासले अहिलेसम्ममा विभिन्न समुदायका 28 जना नागरिकहरूलाई सुरक्षित रिहा गराइसकिएको छ। अधिकारीहरूले बताए, रहेका अन्य नागरिकहरूको पनि सुरक्षित रिहाई सुनिश्चित गर्नको लागि लगातार प्रायस जारी छ।

प्रशासनले मानिसहरूलाई शान्ति कायम राख्ने तथा सुरक्षा बल र प्रशासनलाई सहयोग गर्ने अपील गरेको छ ताकि क्षेत्रमा सामान्य स्थिति बहाल गर्न सकियोस्। साथै रहेका अन्य नागरिकहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande