पुलिस अधिकारीले आक्रोशमा आएर आफ्नै पत्नीको गोली दागी हत्या गरिदियो
पुलिस अधिकारीले आक्रोशमा आएर आफ्नै पत्नीको गोली दागी हत्या गरिदियो


श्रीनगर, 16 मई (हि.स.)। कुपवाड़ा जिल्लामा एकजना पुलिस अधिकारीले आक्रोशको आवेगमा आएर आफ्नै पत्नीको गोली दागी हत्या गरेपछि आफूले आत्महत्या गर्ने प्रयास गऱ्यो। सम्बन्धित विभागी अधिकारीले बताए, उत्तरी कश्मीरको कँंड़ी क्षेत्रमा विशेष अभियान समूह (एसओजी) शिविरमा तैनाथ जम्मू-कश्मीर पुलिसका एकजना प्रोबेशनरी सब-इन्स्पेक्टर (पीएसआई) दीप सिंहको गए शुक्रवार अबेर राती आफ्नी पत्नी भावनासित झगड़ा भयो। यस अवधि सिंहले कथित रूपमा आक्रोशित भएर आफ्नी पत्नीमाथि गोली चलाए जसले गर्दा पत्नीको घटनास्थलमै मृत्यु भयो। अधिकारीले बताए, त्यसपछि उक्त व्यक्तिले आफैमाथि गोली चलायो जसमा उ गम्भीर रूपमा घाइते भयो जसको श्रीनगरको एसकेआईएमएस अस्पतालमा उपचार भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande