नीट उम्मेदवारले गरे आत्महत्याः सौरभ भारद्वाजले पीड़ित परिवारसित भेट गरे, सरकारसित कड़ा कदम उठाउने अपील
नीट उम्मेदवारले गरे आत्महत्याः सौरभ भारद्वाजले पीड़ित परिवारसित भेट गरे, सरकारसित कड़ा कदम उठाउने अपील


नयाँ दिल्ली, 16 मई (हि.स.)। आम आदमी पार्टी (आआपा) का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले शनिवार नीट (यूजी) परीक्षा रद्द भएो कारणले आत्महत्या गर्ने एकजना उम्मेदवारको लाल बागस्थित घरमा पुगेर पीड़ित परिवारसित भेट गरे।

भेटपछि सौरभ भारद्वाजले पत्रकारहरूसित कुराकानी गर्दै बताए, पीड़ितले केही वर्षदेखिको एमबीबीएसमा प्रवेश पाउनको लागि तयारी गरिरहेको थियो र यसपालि उसको अन्तिम अवसर थियो। पेपर लीक भएको खबर प्रकाशित भएपछि उ व्यथित भएको थियो जसले गर्दा उ अत्यधिक मानसिक तनाउमा थियो। अन्तमा उसले घरभित्रै फाँसी लगाएर आत्महत्या गऱ्यो।

भारद्वाजले भने, अहिलेघरि विभिन्न भागहरूबाट यस किसिमका घटनाहरू भएको रिपोर्ट आइरहेको छ। उनले केन्द्दर सरकारसित कड़ा एवं ठोस कदम उठाउने अपील गरे।

उनले भने, कुनै सामान्य प्रोफेसरलाई पक्राउ गरेर उसलाई सम्पूर्ण मामिलाको “मास्टरमाइण्ड” बताउनु ठूलो गल्ती हो। वास्तविक मास्टरमाइण्ड पर्दा पछाड़ि काम गर्ने शक्तिशाली र प्रभावशाली मानिसहरू हुन्।

आआपा नेताले भने, केन्द्र सरले हाम्रा युवाहरूलाई आश्वस्त पार्नुपर्छ कि अबदेखि कुनै पनि परीक्षाको पेपर लीक हुनेछैन।

सौरभ भारद्वाजले केन्द्र सरकारसित माग गरे, उसले युवाहरूसित अपील गरोस् कि उनीहरूले यस्तो कठोर एवं जीवन समाप्त गर्ने कदम नउठाउन्।

आआपा नेताले मामिलाको निष्पक्ष एवं द्रूत जाँच गर्ने माग गर्दै भने, दोषीहरूविरूद्ध कठोर कारबाही हुनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande