
गुवाहाटी, 16 मई (हि.स.)। असमको बंगाईगाउँ जिल्लामा अन्तरराज्यिय तस्करी विरुद्ध अभियानमा सरकारी रेलवे पुलिस (जीआरपी) ले दिल्ली-त्रिपुरा सम्पर्क क्रान्ति एक्सप्रेसबाट लगभग 3 करोड़ रुपियाँ बराबरको अवैध सुनको खेप जफत गरेको छ।
जीआरपीले शनिवार भन्यो, रेलमार्फत ठूलो मात्रामा सुन तस्करी भइरहेको सूचना पाएपछि जीआरपीले रेलमा विशेष खोजी अभियान सञ्चालन गऱ्यो। बंगाईगाउँ जिल्ला हुँदै जाँदा पुलिसले रेलभित्र गहन खोजी शुरु गऱ्यो।
अनुसन्धानको क्रममा पुलिसले एक यात्रुलाई सोधपुछ गर्यों जसको गतिविधि शंकास्पद देखिन्थ्यो। उनको समानको खोजी गर्दा उनको झोलाभित्र लुकाइएको सुनको बारहरू फेला पऱ्यो।
पक्रा परेको अभियुक्तको पहिचान प्रबिन सिंह रावको रूपमा गरिएको छ। हाल बंगाईगाउँ जीआरपी थानामा उसित सोधपुछ भइरहेको छ।
पुलिसको भनाई छ, यो घटना ठूलो अन्तरराज्यिय तस्करी गिरोहसँग जोड़िएको हुनसक्छ। जफत गरिएको सुन ढुवानीको उत्पत्ति र गन्तव्यको अनुसन्धान जारी छ। यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास पनि भइरहेको छ।
यति ठूलो मात्रामा अवैध सुन जफत भएपछि अनुसन्धान एजेन्सीहरूले अब यस तस्करी सिन्डिकेटको सम्पूर्ण शृङ्खलाको सक्रियतापूर्वक अनुसन्धान गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी