
कोलकाता, 16 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने नक्कली ई-मेल पठाएको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। शनिवार कोलकाता पुलिसको मुख्यालय लाल बजारमा आयोजित प्रेस कन्फ्रेन्समा मामिलाको खुलासा गर्दै बताइयो, आरोपीले व्यक्तिगत शत्रुताको कारणले यो ई-मेल पठाएको थियो। पक्रा पर्ने युवकको नाम हासनेम इकबाल रहेको बताइएको छ।
पुलिस अनुसार गत 14 मईमा भवानीपुर थानलाई एउटा ई-मेल प्राप्त भएको थियो जसमा दाबी गरिएको थियो, एकजना महिलाले मुख्यमन्त्री शुभेन्दु अदिकारीको हत्या गर्ने योजना बनाइरहेको छ। ई-मेलमा यो पनि उल्लेख गरिएको थियो, उक्त महिला आतङ्कवादी सङ्गठन अल-कायदासित जोड़िएकी छे र आत्मघाती हमलाको लागि बम बनाइरहेकी छे। ई-मेल पाउनसाथ पुलिस सक्रिय भएर जाँच शुरू गऱ्यो। गार्डनरीच थानाको सहयोगले ई-मेल पठाउनेलाई चिन्हित गरियो।
जाँचबुझमा आरोपीले स्वीकार गऱ्यो, ई-मेलमा दिइएको जानकारी पूर्ण रूपमा झुटो थियो। पुलिस मुताविक ई-मेलमा नाम उल्लेख गरिएको महिलाको आरोपीसित व्यक्तिगत विवाद भएको थियो र उसलाई फसाउनको लागि उसले यो षड़यन्त्र रचेको हो।
पुलिस जाँचमा यो पनि थाहा लागेको छ, आरोपीले पहिला पनि राजनीतिक हस्तिहरूको नामम यस किसिमको ई-मेल पठाइसकेको छ। चुनाउ आयोगलाई समेत यस किसिमको भ्रामक ई-मेल पठाएको थियो।
कोलकाता पुलिसले चेताउनी दिएको छ, भविष्यमा यस किसिमको जाली तथा भ्रामक ई-मेल पठाउनेहरूविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ। पुलिस अधिकारीहरूले भने, यस्तो मामिलामा आरोपी ढिलो-छिटो एक दिन समातिन्छ नै, त्यसैले कोही पनि यस किसिमको कृत्य गर्नदेखि बच्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा