
गुवाहाटी, 16 मई, (हि.स.)। असममा भारतमाला परियोजना तथा असम माला 3.0 अन्तर्गत जारी सड़क एवं राजमार्ग निर्माण कार्यले राज्यको कनेक्टिभिटी व्यवस्थालाई द्रूत गतिमा मजबुत बनाइरहेको छ। यी परियोजनाहरूलाई पूर्वोत्तर भारतमा आर्थिक गतिविधि, व्यापारिक सम्पर्क तथा सामरिक ढाँचालाई सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ।
असममा राज्य सरकार र केन्द्रको संयुक्त पहल अन्तर्गत 3,200 करोड़ रुपियाँभन्दा अधिकको लागतमा 9 सय किलोमीटरभन्दा अधिक सड़कहरूको निर्माण एवं विकास कार्य प्रगतिमा छ। परियोजनाहरूको उद्देश्य शहरहरूसँगसँगै ग्रामीण तथा सुदूरवर्ती क्षेत्रहरूलाई पनि श्रेष्ठ सड़क नेटवर्कसित जोड़्नु हो।
यसै क्रममा राष्ट्रिय राजमार्ग-37 को सिलचर-बुद्धनगर खण्डलाई चार लेनमा विस्तारित गरिँदैछ भने डिमा हसाओ जिल्लामा 229 किलोमीटर लामो आधुनिक तथा आपदा-प्रतिरोधी राजमार्गको निर्माण जारी छ। यो सड़क पैह्रो र प्रतिकूल मौसमको स्थितिमा पनि यातायातलाई सुचारू राख्नमा सहायक साबित हुनेछ।
यस अतिरिक्त एनएच-306 को सिलचर-व्यारेङ्गते-सैराङ्ग मार्गमा चार लेन सड़क निर्माणको कार्य पनि द्रूत गतिमा चलिरहेको छ। यो परियोजना पूरा भए असम र मिजोरमबीच आवागमन औ व्यापारिक सम्पर्क विशेष रूपमा सशक्त हुने आशा छ।
विशेषज्ञहरूको मान्यता छ, यी परियोजनाहरू पूरा भएपछि यात्राको समय घट्नेछ, परिवहन लागत घट्नेछ तथा लजिस्टिक्स व्यवस्था अधिक प्रभावकारी बन्नेछ।पर्यटन, कृषि, चिया उद्योग एवं लघु व्यापारिक क्षेत्रहरूलाई पनि ठूलो लाभ प्राप्त हुने सम्भावना व्यक्त गरिँदैछ।
सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा श्रेष्ठ सड़क सम्पर्क व्यवस्थालाई सामरिक दृष्टिले पनि महत्वपूर्ण मानिँदैछ। यसबाट सुरक्षा बल अनि आपतकालीन सेवाहरूको तत्काल आवागमनलाई सुनिश्चित गर्नमा मद्दत पुग्नेछ।
तथापि भूमि अधिग्रहण, पर्यावरणीय प्रभाव औ सम्भावित विस्थापनलाई लिएर केही चिन्ताहरू पनि देखिएको छ। विशेषज्ञहरूले विकास कार्यसँगसँगै पर्यावरण संरक्षण एवं स्थानीय हितहरूको सन्तुलनमाथि विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।
भारत माला र असम माला 3.0 परियोजनालाई पूर्वोत्तर भारतको प्रमुख कनेक्टिभिटी केन्द्रको रूपमा असमलाई विकसित गर्ने दिशामा एउटा ठूलो पहल मानिँदैछ
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा