मिथुन चक्रवर्तीको घरमा पुगे मुखयमन्त्री शुभेन्दु अधिकारी, भने- बङ्गालमा परिवर्तनका प्रमुख शिल्पकार हुन् ‘महागुरु’
मिथुन चक्रवर्तीको घरमा पुगे मुखयमन्त्री शुभेन्दु अधिकारी, भने- बङ्गालमा परिवर्तनका प्रमुख शिल्पकार हुन् ‘महागुरु’


-शुभेन्दुभन्दा श्रेष्ठ बङ्गालका मुख्यमन्त्री अन्य हुनै सक्दैनन्- मिथुन

कोलकाता, 16 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार बिहान भारतीय जनता पार्टी (भाजपा)-का नेता औ वरिष्ठ अभिनेता मिथुन चक्रवर्तीको न्यू टाउनस्थित आवासमा पुगेर उनीसित भेट गरे। मुख्यमन्त्री पदको शपथ ग्रहण गरेपछि शुभेन्दुको मिथुनसित यो पहिलो बैठक थियो। यी दुई नेताहरूबीच लगभग एक घण्टासम्म चर्चा भयो।

भेटपछि शुभेन्दु अधिकारीले भने, पश्चिम बङ्गालमा राजनीतिक परिवर्तन ल्याउन तथा भाजपाको जीत सुनिश्चित गर्नमा मिथुन चक्रवर्तीको ठूलो भूमिका रहेको छ। उनले भने, “मिथुन दा राज्यमा भाजपाको जीतका प्रमुख शिल्पकारहरूमध्ये एक हुन्। पार्टीले मलाई मुख्यमन्त्री बनायो, त्यसको पछाड़ि पनि उनको योगदान छ। पछिल्लो 6 वर्षदेखि उनले निःस्वार्थ भावले बङ्गालमा परिवर्तन ल्याउनको लागि अथक मिहेनत गर्दै आएका छन्।”

मुख्यमन्त्रीले अझ भने, “मिथुन दालाई मसिति भेट गर्ने इच्छा जाहेर गरेका थिए। मैले उनलाई भने, तपाई किन आउनुहुन्छ? तपाईले बनाउनु भएको मुख्यमन्त्री नै तपाई समक्ष आउनेछन्।” शुभेन्दुको यो कुरा सुनेर मिथुन चक्रवर्तीले उनलाई अङ्कमाल गरे।

शुभेन्दु अधिकारीले मिथुनको लोकप्रियताको पनि सराहना गर्दै भने, “मिथुन दाको लोकप्रियता भाजपासम्म मात्र सीमित छैन। उनी त्योभन्दा धेरै अगाड़ि छन्। मैले आठौं कक्षापछि धेर फिल्महरू हेर्न पाइन्, तर मिथुन दा भिन्नै स्तरका कलाकार हुन्। उनी ‘महागुरु’ हुन् र म उनको आशीर्वाद लिन आएको हुँ।”

अर्कोतिर मिथुन चक्रवर्तीले पनि मुख्यमन्त्री शुभेन्दु अधिकारीको खुलेर प्रशंसा गरे। उनले भने, “शुभेन्दुभन्दा श्रेष्ठ मुख्यमन्त्री पश्चिम बङ्गालले पाउनै सक्दैन। म यसको ग्यारन्टी दिन्छु। शपथ ग्रहण गरेदेखि नै उनले लगातार काम गरिरहेका छन्। यो हाम्रो सौभाग्य हो कि हामीले यस्ता मुख्यमन्त्री पाएका छौं।। म पूर्ण रूपमा उनको साथमा छु।”

उक्त भेटपछि शुभेन्दु अधिकारीले सोशल मीडियामा लेखे, मिथुन चक्रवर्तीले वर्ष 2021-देखि 2026-मा भाजपा सरकार बनु़नजेलसम्म पश्चिम बङ्गालमा परिवर्तन तथा राज्यको गौरव फिर्ता ल्याउनको लागि लगातार परिश्रम गरे। उनले राज्यको हरेक कुनामा पुगेर भाजपाको पक्षमा माहोल बनाए अनि महिला तथा राष्ट्रवादी मानिसहरूविरूद्ध भएका अत्याचारहरूको मुद्दालाई सशक्त ढङ्गमा उठाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande