राज्यपालले भारतका उपराष्ट्रपति राधाकृष्णनलाई स्वागत गरे
उपराष्ट्रपति सीपी राधाकृष्णनलाई स्वागत


गान्तोक, 16 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवनमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गरे। उपराष्ट्रपति सिक्किमको ५१औँ राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन राज्यको एकदिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आएका हुन्।

लोकभवन अनुसार, लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छ प्रदान गर्दै स्वागत गरे। यस अवसरमा राज्यपालले उपराष्ट्रपतिका सम्मानमा लोकभवनमा विशेष दिवा-भोजको आयोजना गरे। उक्त कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रिय सञ्चार तथा उत्तर-पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्य मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने छन्। साथै, सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्किडेरियमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ।

राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवा-भोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande