
जलपाईगुड़ी, 16 मई (हि.स.)। एशियाली खेलकी स्वर्ण पदक विजेता औ राजगञ्ज सीटबाट तृणमूल कङ्ग्रेसकी पूर्व उम्मेद्वार स्वप्ना बर्मनले आफू र आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेकी छन्। घरमा आगो लागेको घटनापछि उनले शनिवार जलपाईगुड़ी कोतवाली थानामा सिकायत दर्ता गराइन्।
पत्रकारहरूसित बातचित गर्दै स्वप्नाले भनिन्, म असुरक्षित महसूस गरिरहेकी छु। मैले पुलिससित आफ्नो र आफ्नो परिवारको सुरक्षाको माग गरेकी छु। उनले राज्यसित पनि सुरक्षा दिने अपील गरेकी छन्।
उल्लेखनीय छ, गए शुक्रवार राती उनको घरमा भेको आगलागीको घटनापछि क्षेत्रमा कोकोहोलो मचिएको थियो। यो घटना भएदेखि नै स्वप्ना र उनको परिवार त्रसित भएका छन्। पुलिसले मामिलाको जाँच शुरू गरेको छ। आगलागीको कारण पत्तो लगाउनको लागि फोरेन्सिक टीमको पनि सहयोग लिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा