वैश्विक इन्धन सङ्कटबीच पनि भारतको अर्थव्यवस्था सशक्त छ : असम भाजपा
वैश्विक इन्धन सङ्कटबीच पनि भारतको अर्थव्यवस्था सशक्त छ : असम भाजपा


गुवाहाटी, 16 मई (हि.स.)। पश्चिम एशियामा भइरहेको सङ्घर्षबीच असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)-ले भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको स्थिर एवं दूरदर्शी आर्थिक नीतिको कारणले भारतको अर्थव्यवस्था मजबुत रूपमा अगाड़ि बढ़िरहेको छ। पार्टीले दाबी गऱ्यो, केन्द्र सरकार आम जनतालाई वैश्विक इन्धन सङ्कटको प्रतिकूल प्रभावदेखि बचाउनको लागि लगातार प्रयासरत छ।

भाजपाको प्रदेश मुख्यालय बशिष्ठबाट जारी आधिकारिक बयानमा पार्टीका मीडिया प्यानलिस्ट दिलीप कुमार शर्माले भने, पश्चिम एशियामा भइरहेको युद्ध र अस्थिरताको वैश्विक अर्थव्यवस्थामाथि गम्भीर प्रभाव परेको छ। उनले भने, दिसम्बर, 2025-मा काँचो तेलको मूल्य 57-62 अमेरिकी डलर प्रतिब्यारल थियो भने अहिले यो बढ़ेर 110 अमेरिकी डलर प्रति ब्यारलभन्दा अधिक भएको छ जसबाट संसारभरिकै देशहरूमाथि आर्थिक दबाव बढ़ेको छ।

बयानमा भनिएको छ, भारतले आफ्नो मोठ आवश्यकताको लगभग 88.3 प्रतिशत काँचो तेल आयात गर्छ जसको अधिकांश भाग पश्चिम एशियाबाट आउँछ। तथापि मोदी सरकारले आम मानिसहरूमाथि अतिरिक्त बोझ थपिन नदिनको लागि निरन्तर कदम उठाइरहेको छ।

भाजपा नेताले दाबी गरे, केही देशहरूमा पेट्रोल र डिजलको मूल्यमा व्यापक वृद्धि भएको छ भने भारतमा पछिल्लो तीन-चार महिनामा पेट्रोलको मूल्य लगभग 3.2 प्रतिशत अनि डिजलको मूल्य लगभग 3.4 प्रतिशत बढ़ेको छ जुन विश्वस्तरमा सबैभन्दा कम वृद्धिमा सामेल छ।

बयानमा प्रधानमन्त्री मोदीको नेतृत्व एवं कुटनीतिक प्रयासहरूको सराहना गर्दै भनिएको छ, पेट्रोलियम भण्डारण तथा एलपीजी आपूर्तिसित सम्बन्धित हालैमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्झौताले देशको ऊर्जा सुरक्षालाई मजबुत बनाएको छ तथा मानिसहरूमा विश्वास उत्पन्न गराएको छ।

असम भाजपाले विश्वास व्यक्त गऱ्यो, प्रधानमन्त्री मोदीको नेतृत्व, रणनीतिक दृष्टि औ सन्तुलित आर्थिक नीतिहरूको बलमा भारतले यस वैश्विक सङ्कटटको सफलतापूर्वक सामना गर्नेछ। साथै राज्य तथा देशका मानिसहरूसित यस चुनौतीपूर्ण समयमा सरकारप्रति सहयोग अनि समर्थनलाई कायम राख्ने अपील समेत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande