
गुवाहाटी, 16 मई, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार दिसपुरमा स्लाइस स्मल फाइनेन्स ब्याङ्कको भारतमै पहिलो एआई सञ्चालित डिजीटल शाखाको आज औपचारिक उद्घाटन गरे। अत्याधुनिक तकनिकद्वारा लैस यस शाखालाई पूर्ण रूपले डिजीटल ब्याङ्किङ्ग सेवा प्रदान गर्ने उद्देश्यले विकसित गरिएको छ।
दिसपुर फायर स्टेशन अगाड़ि सचिवालय क्षेत्रको छेवैमा जीएस रोडस्थित सरूमटरियाको जीएस पोइन्टमा स्थापित यस शाखामा ग्राहकहरूलाई सेल्फ सर्भिस कियोस्क, क्याश डिपोजिट एटीएम तथा तत्काल पेपरलेस खाता खोल्ने जस्ता सुविधाहरू उपलब्ध गराइनेछ। शाखामा एआई र यूपीआई आधारित तकनिक प्रयोग गरी ब्याङ्किङ्ग सेवाहरूलाई अधिक तीव्र तथा सरल बनाइएको छ।
ग्राहकहरूले यहाँ सोझै आएर बचत खाता खोल्न सक्छन्, फिक्स्ड डिपोजिटको लागि आवेदन गर्न सक्छन्, यूपीआई लेनदेन गर्न सक्नेछन् तथा विभिन्न ब्याङ्किङ्ग उत्पादहरूको जानचारी डिजीटल कियोस्कको माध्यमबाट प्राप्त गर्न सक्नेछन्।
उल्लेखनीय छ, नर्थ इस्ट स्मल फाइनेन्स ब्याङ्कसित रणनीतिक विलय पश्चात स्लाइसले एकीकृत फुल-स्ट्याक ब्याङ्किङ्ग इकोसिस्टम तयार गरेको छ जसान्तर्गत पारम्परिक ब्याङ्किङ्ग तथा फिटनेस सेवाहरूलाई एउटै मञ्चमा ल्याइएको छ।
अधिकारीहरू अनुसार यो पहलले असम तथा पूर्वोत्तर क्षेत्रमा डिजीटल वित्तीय समावेशनलाई मजबुत बनाउनको साथै तकनिक आधारित ब्याङ्किङ्ग सेवाहरूलाई नयाँ दिशा दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा