कैलाश मानसरोवर यात्रा अनुकूलन केन्द्र-१ को स्थलगत निरीक्षण
कैलाश मानसरोवर यात्रा


गान्तोक, 16 मई (हि.स.)। राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरूले १८ माइलस्थित कैलाश मानसरोवर यात्रा अनुकूलन केन्द्र-१ को आज स्थलगत निरीक्षण गरेका छन्। निरीक्षण टोलीको अगुवाई विभागका सचिव निरज प्रधानले गरेका थिए।

विभागका अनुसार, यो अनुकूलन केन्द्र २.०२ हेक्टर क्षेत्रफलमा फैलिएको छ र समुद्री सतहबाट १०,००० फिटको उचाइमा अवस्थित छ। परियोजनाको कुल लागत ४२23 लाख रुपियाँ रहेको छ। यो परियोजना भारत सरकारको उत्तर पूर्व क्षेत्र विकास मन्त्रालयद्वारा वित्तपोषित हो तथा सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा कार्यान्वयन गरिएको हो। परियोजनाको निर्माण कार्य १४ फरवरी, २०१८ मा शुरु भई २८ फरवरी, २०२६ मा सम्पन्न भएको थियो।

परियोजनाअन्तर्गत चारवटा दुई-शय्यायुक्त एकाइ तथा दुईवटा पाँच-शय्यायुक्त एकाइ निर्माण गरिएको छ। साथै इन्फर्मरी, भोजनालय-सहितको भान्सा सुविधा तथा कार्यालय-सहितको इन्फर्मरीको व्यवस्था गरिएको छ। केन्द्रमा कुल १२६ शय्याको आवास क्षमता रहेको छ।

यस अवसरमा कैलाश पर्वततर्फ यात्रा गर्ने यात्रुहरूको सुरक्षित यात्राको कामना गर्दै स्थलमा पूजा-अर्चना पनि सम्पन्न गरिएको थियो। यस वर्ष नथुला पास हुँदै प्रत्येकमा ५० जना यात्रु सहभागी हुने गरी १० वटा टोली यात्रा गर्ने कार्यक्रम रहेको छ। यात्राका लागि पञ्जीकरण प्रक्रिया १९ मई, २०२६ मा बन्द हुनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande