
नयाँ दिल्ली, 16 मई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले शनिवार पश्चिम विहारस्थित जिल्ला पार्कबाट ‘जल सञ्चय अभियान’- को शुभारम्भ गरे। यस अभियान अन्तर्गत दिल्ली विकास प्राधिकरण (डीडीए)- द्वारा आगामी 30 अगस्तसम्ममा दिल्लीका 101 वटा महत्वपूर्ण जल निकायहरूलाई पुनर्स्थापित गरिनेछ।
उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्सको पोस्टमा भने, पहिलो चरणमा मनसुनको मौसममा भूजल पुनर्भरणलाई अधिकतम बनाउनको लागि लेदो निकाल्ने तथा जलग्रहण क्षेत्रको सफाईको माध्यमबाट कार्यात्मक पारिस्थितिक बहालीलाई प्राथमिकता दिइनेछ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घकालिक जल सुरक्षाको दृष्टिकोण अनुरूप यो अभियानले दिल्लीका जल श्रोतहरूलाई पुनर्जीवित बनाउने तथा शहरको पारिस्थितिक लचिपोलनलाई मजबुत बनाउने प्रयास गर्छ।
उपराज्यपालले अधिकारीहरूलाई जल निकायहरूलाई पुनर्स्थापित गर्ने कार्यलाई समय-सीमाभित्रमा पूरा गर्ने निर्देश दिएका छन्। उनले भने, हामी दिल्लीको जलीय धरोहरलाई पुनःप्राप्त गर्न तथा एक हरित, अधिक जल-सुरक्षि एवं पारिस्थितिक रूपमा लचिलो राजधानी बनाउनको लागि प्रतिबद्ध छौं।
उपराज्यपालले सबै बासिन्दाहरूसित ‘जन भागीदारी’- को माध्यमबाट यस आन्दोलनमा भाग लिने अनि एक हरित, जल-सुरक्षित विकासित दिल्लीको दिशामा योगदान दिने आग्रह गरे।
------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा