
सिलगढ़ी, 16 मई (हि.स.)। शपथ ग्रहणपछि शनिवार सिलगढ़ीका विधायक शङ्कर घोषलाई एकपटक फेरि आफ्नो पुरानै शैलीमा देखियो। कोलकातादेखि सिलगढ़ी फर्किएपछि उनले स्कुटी चलाएर घरसम्मको यात्रा तय गरे।
शङ्कर घोष प्रायजसो स्कुटीमै शहरभरि घुम्दैै आएका छन्। आम मानिसहरूमाझ उनी आफ्नो सादगीको लागि परिचित छन्। शपथ ग्रहणपछि यहाँ आइपुग्दा उनलाई न्यू जलपाईगुड़ी रेलवे स्टेशनमा भाजपा कार्यकर्ता अनि समर्थकहरूले भव्य स्वागत गरे।
कार्यकर्ताहरूले फूल-माला तथा पारम्परिक खादी पहिराएर उनलाई अभिनन्दन गरे। त्यसपछि विधायक आफ्ना समर्थकहरूसित स्कुटी चलाएर घर तर्फ प्रस्थन भए। यो दृश्य मानिसहरूमाझ चर्चाको विषय भएको छ। मानिसहरूले उनको साधारण जीवनको सराहना गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा