सड़क दुर्घटनामा एकजनाले गुमाए ज्यान, एकजना घाइते
सड़क दुर्घटनामा एकजनाले गुमाए ज्यान, एकजना घाइते


धुबरी (असम), 16 मई (हि.स.)। धुबरी जिल्लाको तामारहाट क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। यस घटनामा अर्को एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए जसलाई अस्पतालमा भर्ती गरिएको छ। पुलिसले शनिवार बतायो, जिल्लाको तामारहाटस्थित उत्तर काशखाना क्षेत्रमा बाइक र ई-रिक्शा आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस घटनामा गम्भीर रूपमा घाइते भाग्यश्री राय नामक महिलाको उपचारको क्रममा मृत्यु भयो। घाइते अर्को व्यक्ति अस्पतालमा जीवन-मरणबीच जुझिरहेका छन्। घटनापछि पुलिसको टीमले घटनास्थलमा पुगेर महिलाको शवलाई आफ्नो कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande